दफा ३२०
गुठी संस्थापना गर्न सम्पत्ति हस्तान्तरण गर्नु पर्ने

(१) गुठीे संस्थापकले आफूले गुठीको लागि छुट्याएको सम्पत्ति गुठी स्थापना भएको तीन महिनाभित्र गुठी सञ्चालकलाईहस्तान्तरण गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम हस्तान्तरण गर्नु पर्ने सम्पत्ति अचल भएमा त्यस्तो सम्पत्ति कानून बमोजिम हस्तान्तरण गरेकोअवस्थामा मात्र रीतपूर्वक हस्तान्तरण भएको मानिनेछ ।
(३) नेपालमा गुठी स्थापना गर्ने विदेशी व्यक्तिले तीन महिनाभित्र कम्तीमा दश लाख अमेरिकी डलर बराबरको चल सम्पत्तिनियमित बैङ्किङ्ग प्रक्रिया (रेगुलर बैङ्किङ्ग च्यानल) बाट नेपाल ल्याई गुठी सञ्चालकको जिम्मा लगाउनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम चल सम्पत्ति जिम्मा लगाएको जानकारी पञ्जिकाधिकारीलाई दिनु पर्नेछ ।